प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजना द्वारा धान विउ जाेन र केरा जाेनकाे समिति गठन

  • Sarbochcha Nepal
  • / अन्य /
  • २०७८ माघ २५, मंगलबार (४ साल अघि)
  • ८ पटक पढिएको
Post Thumbnail


राैशन कुमार चाैधरी
रौतहट । माघ २५ गते ।
रौतहट जिल्लाको मध्य भागमा रहेकाे प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजनामा केरा जाेन र धान विउ जाेन संचालन समन्वय समितिकाे गठन गरिएकाे छ ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजनामा केरा जाेन संयाेजक रूपमा नागेन्द्र प्रसाद यादव सदस्यमा नागेन्द्र सिहं,कृष्ण न्याैपाने लगायत नाै सदस्य समिति गठन गरिएकाे छ । त्यस्तै धान जाेन संचालन समन्वय समितिकाे संयाेजक रूपमा केशव प्रसाद तिमल्सिना सदस्यमा अम्बिका तिमल्सिना ,मनाेज कुमार साह,सन्ताेष कुमार साह लगायत नाै सदस्यीय समिति चयन भएकाे नि० वरिष्ठ कृषि अधिकृत दिपक कुमार मिश्रले एक कार्यक्रमका विच औपचारिक रूपमा समिति चयन भएकाे घाेषणा गर्नुभएकाे थियाे ।
केरा जाेन र धान विउ जाेनकाे सम्पुर्ण संचालन समन्वय समितिकाे पदाधिकारीहरूलाई स्वगत कार्यालय प्रमुखले गर्नुभएकाे थियाे ।साे कार्यक्रममा कार्यालयका कर्मचारी सुवाष साह,अजय साेनि,सत्रुधन महताे,केशव यादव,उदय ठाकुर लगायतकाे उपस्थिति रहेकाे थियाे। सवै कर्मचारीहरूले समितिकाे पदाधिकारीहरूलाई कार्यकाल राम्राे सित विताेस भन्ने शुभकामना दिनुभएकाे थियाे ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजना अन्तर्गत तरकारी जाेन ,धान विउ जाेन, केरा जाे रहेकाे छ ।

ताजा अपडेट

खोजी गर्नुहोस