अख्तियार द्वारा छापामारीगरेकाे सम्बन्धमा जसपा रौतहटको ध्यानाकर्षण

  • Sarbochcha Nepal
  • / अन्य /
  • २०७८ फागुन १६, सोमबार (४ साल अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

रौतहट । १६ गते । फाल्गुन ।

रौतहटमा देवाही गोनाही नगरपालिका को मेयरलाई अख्तियार दुरुपयोग अनुसंधान आयोगले रंगेहाथ रकम सहित पक्राउ गरेको थियो।
जनता समाजवादी पार्टी नेपाल रौतहटका अध्यक्ष तथा देवाही गोनाही नगरपालिकाका प्रमुख धर्मेन्द्र पटेललाई मिति २०७८ फाल्गुण १५ गते वेलुकी अं.३/४ वजेको समयमा नगरपालिकामा आफनो कार्य कक्षमा बसेको वेला अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डौंको टोलीले गरेको छापामारीको सम्बन्धमा जनता समाजवादी पार्टी नेपाल रौतहट जिल्ला कार्य समितिकाे ध्यानाकर्षण भएको छ।
नगर प्रमुख पटेललाई सुनयोजित ढङ्गवाट विपक्षीले चेक तथा नगद रुपैया सहित षडयन्त्र पूर्ण तरिकावाट फसाईएकोमा घटनाको सत्य तथ्य तथा निष्पक्ष रुपमा छानविन गर्न मांग गर्दै षडयन्त्रकारी व्यक्तिलाई पनि कानूनी दायरामा ल्याउन जोडदार रुपमा सम्बन्धीत निकाय समक्ष प्रेस विज्ञप्ती मार्फत मांग गरिएकाे छ ।
निष्पक्ष रुपमा छान विन गरिएन भन्ने आन्दोलन गर्न वाध्य हुने व्यहोरा यसै प्रेस विज्ञप्ती मार्फत सम्बन्धीत सबैमा जानकारी गराएको जिल्ला सचिव अरविन्द कुमार यादवको हस्ताक्षर सहित प्रेस विज्ञप्तिमा उल्लेख छ।

ताजा अपडेट

खोजी गर्नुहोस