गरुडा नगरपालिकाकाे अगाडि बाट गंगासागरमा स्नान गरेर मात्र नगरपालिकामा प्रवेश गर्ने

  • Sarbochcha Nepal
  • / अन्य /
  • २०७९ बैशाख १९, सोमबार (३ साल अघि)
  • १० पटक पढिएको
Post Thumbnail


राैशन चाैधरी
बैशाख १९ ,रौतहट
रौतहट जिल्लाको गरुडा नगरपालिका मध्यभागमा अबस्थित रहेको छ । गरुडा अब नगरपालिकाकाे अगाडि गंगासागरमा स्नान गरेर नगरपालिकामा प्रवेश गर्नेु पर्छ । भनाईमा मात्र सिमित रहेको प्रष्ट देखिएको छ ।अहिले गरुडा नगरपालिका देखि ईलाका प्रहरी कार्यलय गरुडा अगाडि गङ्गा जमुना बगेको दृश्य छ्र्ल्ङ देखिन सक्छ । गरुडा नगरपालिकाका मेयर ईन्नु राय यादबले करोडौं रकमको बजेट चलाए पनि गरुडा नगरपालिकाको अबस्थामा अहिले सम्म सुधार हुन सकेको छैन । बर्सेनि नाला बनाउन नाला मर्मत गर्न करोडौं रकम निकासा गर्दा पनि केही सुधार हुन सकेको छैन ।साेमवारका दिन एक झर पानी पर्दा पनि ईलाका प्रहरी कार्यलय देखि गरुडा नगरपालिका सम्म जलमग्न भएको छ । त्यसकाे पानीको निकासको लागि गरुडा नगरपालिकाको मेयर ईन्नु राय यादब र वहाँको छोरा र हाल गरुडा नगरपालिकाको जसपाबाट मेयर उम्मेदवार अनिल कुमार यादबले अहिलेसम्म केही पहल नगरिएको देखिएको छ ।यति कम वर्षा हुदा यति ठूलो पानी र असारे झरिको वर्षा हुदा गरुडा नगरपालिकाको अबस्था कस्तो होला भनी आम जनसमुदायले सोच्नुपर्ने कुरो रहेछ ।नगरपालिकाको बिकास स्मृदी ,उन्नति ,प्रगती चान्नुहुनुहुन्छ भने हाम्रो होईन राम्रो चुन्नु र आफ्नो बहुमुल्य मतको सुरक्षित गर्नु आबश्यक रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस