संविधान पुनर्लेखन गर्नुपर्छ पुर्व मन्त्रि – प्रभु शाह

  • Sarbochcha Nepal
  • / राजनीति /
  • २०७८ जेष्ठ २६, बुधबार (४ साल अघि)
  • ७ पटक पढिएको
Post Thumbnail


रामसरन यादव । रौतहट । जेठ २५ गते
पूर्वमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टीका नेता प्रभु शाहले संविधान पुनर्लेखन गर्नुपर्ने बताएका छन् । संकट सामाधानको लागि संविधानको समिक्षा जरुरी रहेको वहाँले बताउनु भएको छ । आज आफनो आधिकारिक सामाजिक संजाल फेसबूक मार्फतबाट यस्तो बताउनु भएको हो । अहिले देश संकट समाधानका लागि संविधानको समीक्षा जरुरी भएको भन्दै उनले आज आफनो आधिकारिक सामाजिक संजाल फेसबूक मार्फतबाट लेखेका छन्, “संवैधानिक प्रावधानहरु बारेको फरक बुझाईले गर्दा देश मुडभेड एवं अस्वस्थ प्रतिस्पर्धाको गोलचक्करमा फंस्दै गएको सन्दर्भमा गलत प्रवधानहरुलाई सुधार गर्न गम्भीर समिक्षा गर्नुको सट्टा अदृश्य शक्तिहरुको चलखेलमा वर्तमान व्यवस्था संकटमा परेको हउवा पिट्नु भनेको अझ देशलाई संकटको लामो सुरुङ्गमा थकेल्नु हो । संविधान निर्माणको तक्माधारीहरुले विगतमा गरेका आफÞनो गल्तीप्रति आत्मिलोचित हुदैं देशमा बेथिती, आरजकता, अस्थीरता, अस्तव्यस्तता एवं फोहरी संसदीय खेलको राईता फैलाउने मुहानको रुपमा रहेको वर्तमान व्यवस्थामा समय सापेक्ष आवश्यक संसोधन÷परिमार्जन गर्नुको सट्टा कुनैपनि वहानामा अहिलेको यस व्यवस्थासंग सति जान खोज्नु वा यसबाट कुनै अद्भुत नतीजाको अपेक्षा राख्नु भनेको “बबुर रोपेर आँपको अपेक्षा गर्नु“ बराबरको मुर्खता हो । तसर्थ, देश र जनताको दिगो हितलाई केन्द्र विन्दुमा राखी वर्तमान संविधानको पुर्नःलेखनको जरूरी छ । यसमा सम्बन्धित सबै पक्षको समयमैं ध्यान पुगोस् ।

ताजा अपडेट

खोजी गर्नुहोस