रौतहटका मिटर ब्याजी तथा ठगी विरुद्ध किसान मजदुर संघर्षमा

  • Sarbochcha Nepal
  • / राजनीति /
  • २०७९ भाद्र २६, आईतबार (३ साल अघि)
  • ७ पटक पढिएको
Post Thumbnail

भदौ २६ गते
प्रेमचन्द्र झा । रौतहट ।
मिटर ब्याजी तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति जिल्ला समिति राैतहटको आयोजनामा पत्रकार सम्मेलन गरेको छ । मिटर ब्याजी तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति केन्द्रीय समितिका सदस्य निर्ग नविनको प्रमुख आतिथ्यमा भएको पत्रकार सम्मेलनमा व्यक्तिहरुले मिटर ब्याजी पिडितलाई सहयोग गर्न आग्रह गर्नु भएको थियो । सो सम्मेलनमा जनता समाजवादी पाट्रीका नेता राजकुमार दास, राजनितिक अभियन्ता झरना आचार्यले मिटर ब्याजीको समस्या आजकल सामाजिक विकृतिको रुपमा स्थापित भएकोले राज्यको गम्भीर ध्यानाकर्षण गरि समस्या सामाधानको पक्षमा भुमिका खेलीदिनु हुन अनुराेध गर्नु भयाे ।मिटर ब्याजी तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति जिल्ला समिति राैतहटका संयोजक शिव शंकर महतोको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ राैतहटका अध्यक्ष प्रेमचन्द्र झा, गोरखापत्र दैनिकका सम्पादक कुमार बिबेकानन्द मिश्र, उपाध्यक्ष प्रविण कुमार शर्मा सहितका सञ्चारकर्मीकाे सहभागीता रहेकाे थियाे । साे सम्मेलनमा जिल्लामा २ सय जना भन्दा वढि व्यक्तिले मिटर ब्याजीको बिरुद्वमा उजुरी दिईएको जानकारी दिनु भयो ।प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीलाई कार्यवाही चलाउन अनुराेध समेत गरेका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस