राज्यमन्त्री यादवको पहलमा क्षेत्र नं १ को ख मा करोडौं करोडको योजना सञ्चालन

  • Sarbochcha Nepal
  • / राजनीति /
  • २०७९ भाद्र २९, बुधबार (३ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

ओम प्रकाश यादव

भाद्र २९ गते, रौतहट ।
मधेश प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवको विशेष पहलमा यस वर्ष रौतहट क्षेत्र नं १ को ख मा करोडौं करोडको ठूलो मात्रामा विकास निर्माणका कार्य हुने भएको छ।

राज्य मन्त्री यादवको विशेष सक्रियता र पहलकदमी मा उनकै निर्वाचन क्षेत्र, क्षेत्र नं १ को ख मा १० करोड भन्दा बढीको विभिन्न योजना सञ्चालन हुने भएको छ।

मन्त्री यादवको आफ्ना संसदीय निर्वाचन क्षेत्र विकास कोषको रकम बाहेक उक्त १० करोड भन्दा बढीको ठूलो मात्रामा विकासको काम हुन लागेको बताइएको छ।
मन्त्री योगेन्द्र यादवले प्रदेश सांसदमा निर्वाचित भएदेखि नै अहिलेसम्म आफ्ना क्षेत्रमा ठूलो मात्रामा विकास निर्माणका कामहरु गरेका छन् । त्यस्तै उनी जनताको भावना बुझेर जनताको इच्छा आकांक्षा अनुसारको विकास निर्माण कार्य गर्दै आइरहेको छ । आउँदो मंसिर ४ गते हुने निर्वाचनमा क्षेत्र नं १ ख बाट मन्त्री योगेन्द्र यादव लाई नै टिकेट पाउने सम्भावना बढी रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस