प्रतिनिधि सभाका सांसदहरुको कार्यकाल आज राति सकिँदै, आज अन्तिम बैठक बस्ने

  • Sarbochcha Nepal
  • / राजनीति /
  • २०७९ आश्विन १, शनिबार (३ साल अघि)
  • ७ पटक पढिएको
Post Thumbnail

काठमाडौँ, १ असोज । नेपालको संविधान २०७२ जारी भएपछि २०७४ मा निर्वाचित प्रतिनिधि सभाका सांसदहरुको कार्यकाल आज राति १२ बजे सकिँदै छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको कार्यकालको जारी अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरिसकेको छ । 

सोही अनुसार आजको अन्तिम बैठकमा राष्ट्रपति भण्डारीबाट प्राप्त पत्र सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाउने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ । दिउँसो एक बजे सुरु हुने बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने तयारी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस