पहिलोपटक जनकपुरमा ओलीले चढे रेल

  • Sarbochcha Nepal
  • / राजनीति /
  • २०७९ आश्विन ८, शनिबार (३ साल अघि)
  • १० पटक पढिएको
Post Thumbnail

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पहिलोपटक जनकपुर- जयनगर रेल चढेका छन् । शनिबार पार्टी प्रवेश कार्यक्रमको लागि जनकपुर आएका ओली रेल चढेर धनुषाको  विदेह नगरपालिका तीनकौरिया पुगेका हुन् ।

उनलाई पर्खिँदा जनकपुर- जयनगर रेल निर्धारित समयभन्दा एक घण्टा ढिलो जनकपुरबाट जयनगरबाट गुडेको हो । पार्टी प्रवेश कार्यक्रम स्थल तिनकौरिया पुग्न ओलीले महिनाथपुर स्टेशनसम्म रेल चढेका हुन् । रेल चढ्न उनले टिकट नै किनेका थिए ।

काठमाडौंबाट जनकपुरधाम आउने विमान ढिलो भएका कारण ओली आउन ढिलाइ हुँदा ११ बजे जनकपुरबाट जयनगर गुड्ने रेल १२ बजेर ४ मिनेटमा गुडेको हो ।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता उमाशंकर अरगरिया, निवर्तमान सांसद अमृता अग्रहरि, कैलुदेवी विश्वकर्मा, जसपाकी निवर्तमान प्रदेश सभा सदस्य डा. रिना यादवलाई ओलीले पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय सदस्य रामचन्द्र मण्डलले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस