सडक नबनेकाे भन्दै उम्मेदवारहरुलाई गाउँ छिर्न रोक

  • Sarbochcha Nepal
  • / राजनीति /
  • २०७९ कार्तिक १७, बिहिबार (३ साल अघि)
  • १० पटक पढिएको
Post Thumbnail

रौतहट, कात्तिक १७ I सर्लाहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने कौडेना गाउँपालिका ३ का बासिन्दाले उम्मेदवार र उनीहरुका प्रतिनिधिलाई गाउँ छिर्न रोक लगाएका छन् ।

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरि दलहरुले प्रचार प्रसार गर्न थालेपछि युवाहरुले उम्मेदवारलाई गाउँ छिर्न रोक लगाउँदै नारावाजी गरेका हुन ।

गाउँका युवाले हुलाकी राजगार्कमा ढाट राखेर र टायर बालेर प्रदर्शन गरेका छन् । हुलाकी राजमार्ग र गाउँको सडक नबनेको भन्दै आक्रोशित स्थानीय बासिन्दाले ‘नो रोड नो भोट’ लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन पनि गरेका छन् ।

प्रदर्शनको नेतृत्व गरेका कौडेना गाउँपालिका ३ का वडाध्यक्ष पचु चौधरी कल्वारले नेता र नेतृत्वबाट पटक पटक धोका भएकोले गाउँमा राम्रो सडक नबनेकाले विरोध गर्नु परेको बताए ।

उनले हुलाकी राजमार्ग पीच नगरेकै कारण धुलोले गाउँलेको स्वास्थ्य समेत विग्रिएको गुनासो गरे । ‘यो सडक नबनेका कारण यहाँका हजारौंको जनजीवनमा कठिनाइ भएको छ,’ उनले भने ।

नाराबाजीमा उत्रिएका मनोज पासवानले थपे, ‘भोट माग्न आउने नेता चढेको चिल्लो गाडीले उडाएको धुलो हामीले खानु परेको छ ।’

सर्लाही-२ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनावी मैदानमा रहेका नेपाल समाजवादी पार्टीका कार्यकारी अध्यक्ष महिन्द्रराय यादव, लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतो, नेकपा एमालेका राजनारायण साहसहित १७ जना चुनावी मैदानमा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस