जसपाले बहुमत पाए मुख्यमन्त्री योगेन्द्र यादव बन्नेछन :- देवेन्द्र मिश्रा

  • Sarbochcha Nepal
  • / राजनीति /
  • २०७९ कार्तिक १८, शुक्रबार (३ साल अघि)
  • १० पटक पढिएको
Post Thumbnail

ओम प्रकाश यादव

रौतहट, कार्तिक १८। जनता समाजवादी पार्टी नेपालका राजनीति समिति सदस्य देवेन्द्र मिश्राले मधेश प्रदेशको अबको मुख्यमन्त्री जसपाका केन्द्रिय सदस्य योगेन्द्र यादव बन्ने बताएका छन् ।

आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा जसपाले बहुमत पाए मुख्यमन्त्री योगेन्द्र यादव नै बन्ने नेता मिश्राले ठोकुवा गरेका हुन् । रौतहटको माधवनारायण नगरपालिकाको माधोपुर, विसुनपुर्वा मानपुर लगाएत ठाउँमा शुक्रवार आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै जसपा नेता मिश्राले मंसिर ४ गतेपछि मधेशमा जसपा नै पहिलो दल बन्ने र जसपाले नै फेरी मधेश प्रदेश सरकारको नेतृत्व गर्ने बताए ।

जनता समाजवादी पार्टी मधेश र मधेशी जनताको हक अधिकार तथा पहिचानका लागि ठुलो लडाइ लड्दै आइरहेकोले मधेशमा पुनः जसपाले नै बहुमत पाउने उनले विश्वास व्यक्त गरे । मधेशवादी दल जसपा प्रति दिनदिनै जनताको आकर्षण बढ्दै गएको र मधेशवादी दलका उम्मेदवारहरुलाई जिताउन आम जनता निकै उत्साहित रहेकोले निर्वाचनपछि जसपाकै नेतृत्वमा सरकार बन्ने र यस सरकारको नेतृत्व हालका मधेश प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी राज्य मन्त्री एवं रौतहट क्षेत्र नं १ (ख) का उम्मेदवार योगेन्द्र यादवले नै गर्ने उनले बताए ।

मुख्यमन्त्री बन्ने दौडमा रहेका यादवलाई आउँदो निर्वाचनमा बहुमत दिएर विजयी गराउन पनि उनले आम मतदाताहरुलाई आग्रह गरेका थिए । यादव स्पष्ट वक्ता, शिक्षित, निडर र प्रदेश हाक्न सक्ने क्षमतावान नेता रहेकोले अबको मुख्यमन्त्री उनले नै बन्नुपर्ने उनले दोहरयाएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस