सुवर्ण गाउँपालिकामा मेयर कप क्रिकेट प्रतियोगिता सम्पन्न

  • Sarbochcha Nepal
  • / खेलकुद /
  • २०७७ फागुन १, शनिबार (५ साल अघि)
  • १० पटक पढिएको
Post Thumbnail

अमरेस कुमार पाण्डेय। बारा । फाल्गुन ०१ गते

बारा जिल्लाको सुवर्ण गाउँपालिकामा मेयर कप क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । मेयर कप क्रिकेट प्रतियोगिताको खेलहरुमध्ये शुक्रबार भएको अन्तिम फाइनल खेलमा काचोरवा टिमले बिजय प्राप्त गरेको हो ।

क्रिकेट प्रतियोगिताको फाइनल खेलमा बाराको कचोरवा र रौतहट चन्द्रपुर क्रिकेट टिम बिच भएको थियो । कचोरवा क्रिकेट टिमले चन्द्रपुर टिमलाई पराजित गर्दै जीत हात परेका छन । काचोरवाले सुरूवाती खेलमा १ सय १७ रन बनाई चन्द्रपुरलाई १ सय १८ रनको टारगेट दिएको थियो । चन्द्रपुरले जितको लागि १ सय १८ रन बनाउन नसकेर हार बेहोर्नु परेको थियो ।
मेयर कप क्रिकेट प्रतियोगितामा पहिलो पुरस्कारको रुपमा मोटरसाइकल र दोस्रो पुरस्कार ३२ इन्चको एलइडी टिभी
राखिएको थियो । खेलको अन्त्यमा पुरस्कार बितरणमा प्रमुख अतिथि प्रदेश २ का सांसद रामसहाय प्रसाद यादव, बच्चा प्रसाद यादव, सुवर्ण गाउँपालिकाको अध्यक्ष महेन्द्र प्रसाद यादव , बिशिष्ट अतिथि राजेन्द्र सिंह ,बिजय सिंह सुवर्ण गाउँपालिकाको प्रशासकीय अधिकृत नबिन श्रीवास्तव, रजीत प्रसाद यादव, हरिचन्द्र महतो, महेन्द्र राउत, दोलेनदर प्रसाद यादव, रामएकबाल प्रसाद यादव, शिवधारी दास, क्रिकेट समितिका अध्यक्ष सजीव कुमार यादव लगायत अन्य विभिन्न खेल प्रेमिहरुको उपस्थिति रहेको थियो।
प्रतियोगिताको प्रथम पुरस्कार मोटरसाइकल र कप सुवर्ण गाउँपालिकाको अध्यक्ष एवम् सम्पुर्णको हातबाट बितरण गरिएको थियो। भने दोस्रो पुरस्कार एलईडी टिभी र कप सम्पुर्ण नेताहरुको हातबाट बितरण गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस